अर्घाखाँचीमा ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

सागर महत /अर्घाखाँची ।
जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो । भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती तर्फ आर्कषित भएको उहाँको भनाइ छ ।

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी बुटवल लगायत अन्य शहरहरूमा निर्यात हुने गरेको छ । अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ । यता जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिकाको पणेना हो ।पणेना सगै पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुर, को साकिन्धारा ढिकुरा खाचीकोट लाइ सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close