अर्घाखाँचीमा कांग्रेस पहिलो पार्टी बन्छः सभापति खनाल

सागर महत/ अर्घाखाँची ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन कार्यक्रम अन्तर्गत अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि प्रर्दशन गरेको छ ।प्रदर्शनमा कांग्रेसका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।सन्धिखर्क चुत्राबेसी बजार परिक्रमा गरि शान्ति बगैचामा गई कोण सभामा परिणत भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण बढेकाले अब अर्घाखाँचीमा कांग्रेस पहिलो पार्टी हुने बताउनुभएको छ भने प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापन हुनु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
कार्यक्रममा पुर्ब सभापति कमल प्रसाद भुसाल , शिक्षक संघका अध्यक्ष यादव प्रसाद घिमिरे , ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई , लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमको संचालन शिक्षक संघका सचिव लालमणि पौडेलको गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !