अखिल नेपाल महिला संघ अर्घाखाँचीले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनायो

सन्धिखर्क ।अखिल नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा संसारका उत्पिडित तथा श्रमजिवी महिलाहरु एक होऔं महिलामाथि हुने शोषण उत्पीडन र हिंसा विरुद्द संघर्ष गरौं भन्ने मुल नाराका साथ सन्धिखर्कमा ११४औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ ।
कार्यक्रम प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य सिता भट्टराइले मन्तब्य राख्दै आधा धर्ती औगटेका महिलाहरु मुक्तीका लागि संगठित भएर महिला मुक्ती आन्दोलनमा लाग्न आव्हान गर्नु भयो।
दलाल पूजिवादी व्यावस्था भित्र कसैको पनि मुक्ती सम्भव नभएको हुदा नया जनवादी व्यावस्थामा मात्र सबै वर्ग सामुदायको मुक्ती सम्भव रहेकोले महिलाहरुको आन्दोलन पनि वर्गिय आन्दोलन संग जोडेर अघि बढ्नु पर्ने बताउनु भयो। कार्यक्रममा अखिल नपाल किसान संघका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी ,नेकपा मशाल अर्घाखाँची जिल्ला प्रवक्ता कमल भुसाल,अखिल नेपाल युवक संघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र नेपाली,वरिष्ठ वामबुद्दिजिबी पिताम्वर भट्टराइ,अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष बुद्दि गैरे,सहिद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाल लगाएतले मन्तव्य राख्नु हो ।
कार्यक्रम अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष मिना केसीको अध्यक्षता ,जिल्ला सदस्य गिता थापाको स्वागत मन्तव्य र जिल्ला सदस्य मजन्ता नेपालीको संन्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close