भोलीदेखि लागु हुने गरि ४ दिन सबै शिक्षण संस्था बन्द हुने

काठमाण्डौं ।वायु प्रदूषण बढेका कारण भोली (मंगलबार ) देखि शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । केहि दिन यता वायु प्रदूषण बढ्दै गएपछि बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनुभएको थियो ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । त्यस लाई मध्ये नजर गदै मंगलबारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द हुने छन ।

चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close