छत्रदेवमा रुग्णता स्क्रिनिङ र गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सेवा प्रभावकारी बन्दै

सन्धिखर्क ।छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भगवती स्वास्थ्य चौकीमा प्रजनन् स्वास्थ्य रुग्णता स्क्रिनिङ प्रजनन् र गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सेवा प्रदान गरिएको  छ ।यस्तै अर्घातोष स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।दुबै ठाउँमा गरी  १सय१० जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख बुद्वि राम न्यौपानेले जानकारी दिनुभयो ।

जसमध्ये १५ जना गर्भवती महिलाको भिडियो एक्सरे, गरिएको छ त्यसै गरी ४२ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएकोमा २ जनमा संकास्पद क्यान्सर र ३ जनामा संकास्पद ट्युमर भएको पाइएकोले परामर्श सहित प्रेषण गरिएको छ । सेवाग्राहीलाई समस्या अनुसारको उपचार निःशुल्क प्रदान गरिएको हो ।निःशुल्क सेवा पाउँदा स्थानीय निकै खुशी भएका छन ।


कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता भगवती स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकीय अधिकृत राजु पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य चौकी प्रमुख कमल प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. आरोग्य खनाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close