अन्टुक अर्घाखाँची अध्यक्ष भुसाललाई पितृशोक

गोपालप्रसाद भट्टराई ,अर्घाखाँचीl
अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) जिल्ला अध्यक्ष इन्द्रमणी भुसाललाई पितृशोक परेको छ । अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष
समेत रहनुभएका भुसालका पिता रिषिराम भुसालको ८० वर्षको उमेरमा बुधवार उपचारको क्रममा छायाँ हस्पिटल प्रा.ली.सन्धिखर्कमा निधन भएको हो ।
स्वर्गिय भुसालका इन्द्रमणी र लक्ष्मण गरि दुई छोरा र तिन बहिनी छोरीहुनुहुन्छ ।

लक्ष्मण पनि अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनकाजिल्ला सदस्य रहेको अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.ले जानकारी
दिनुभएको छ ।लामो समयदेखि दिर्घरोगले ग्रस्त हुनुभएका रिषिरामको बुधबार मृत्यु भएपछि उहाँहरुलाई पितृशोक परेको छ । वि.सं.२००१ सालमा जन्मेकास्वर्गीय रिषिराम राष्ट्रिय जनमोर्चामा आवद्ध रहेर समाजसेवा र परिवर्तनको आन्दोलनमा भूमिका खेल्दै आउनुभएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष
थम्मन के.सी.को भनाई छ । स्वर्गिय भुसालको निधनको समाचार सार्वजनिक भए लगत्तै उहाँलाई श्रदान्जली दिन अस्पतालमै आफन्त, शुभेच्छुक र
स्थानीयवासीको भीड लागेको थियो । स्वर्गिय भुसालको बुधबार नै सन्धिखर्क स्थित गच्छेघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार पूर्व उहाँलाईअन्तिम श्रदान्जली र सम्मान दिन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गच्छेघाटमै शोकसभा पनि सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी
प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.ले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको थियो । गच्छेघाटमा सहभागी पार्टीका
नेताहरु, शुभचिन्तक र आफन्तजनहरुले उहाँको पार्थिव शरिरमा फुल तथा अभिर चढाएर श्रदान्जली दिएपश्चात शोकसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले सम्बोधन गर्नुभएको थियो ।
भेषराज भुसालको संचालनमा सम्पन्न शोकसभामा बोल्दै राजमो केन्द्रिय सदस्य के.सी.ले स्वर्गिय
भुसालको जिवन शैली अनुशासित, सरल र सहयोगी स्वभावमा बितेको स्मरण गर्नुभएको छ ।

समाज रुपान्तरण, समाज सेवा र कम्युनिष्ट आन्दोलनको विकासका लागि उहाँको
अतुलनिय योगदान रहेको भन्दै नेता के.सी.ले स्वर्गिय भुसाललाई श्रदान्जली व्यक्त गर्नुभएको छ l
शोकसभामा एमाले जिल्ला सदस्य जगत खड्का, माओवादी नेता बिष्णु बन्जाडे, रास्वपाका जिल्ला संयोजक हरि प्रसाद भुसाल सहित राजमोका विभिन्न तहका नेता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close