आफू असुरक्षित रहेकोःप्रधानमन्त्री ओलीको भनाई

काठमाण्डौ ।आफूमाथि भौतिक आक्रमण हुनसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले शंका व्यक्त गर्नुभएको छ । उहाँले देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने बताउनुभएको छ । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।अर्के तर्फ संसदीय दलको नेता फेर्ने चाहना हो भने आफैले संसदीय दलको बैठक बोलाइदिनेसम्म बताउनुभयो । उहाँले संसदीय दलको नेता फेर्ने चाहना हो भने आफैले संसदीय दलको बैठक बोलाइदिनेसम्म बताउनुभयो ।
सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरी विधि र प्रक्रियाअनुसार आफूलाई हटाउन चुनौती दिनुभएको हो ।प्रधानमन्त्री ओलीले संसद विघटनपछि देशले निर्वाचनको बाटो लिए पनि सर्वोच्चको फैसलाले देश फेरि अलमलमा फसेको जिकिर गर्नुभयो । आफूहरूले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने उहाँको भनाइ छ ।उहाँले भन्नुभयो,प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर रु प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न, अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो अदालतको फैसलापछि देश फेरि अन्योलमा फसेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित बिचलित नभइ अगाडि बढ्ने र देशलाई अलोकतान्त्रिक बाटोमा जान नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close