विश्व मलेरिया (औलो) दिवस सन्धिखर्कमा सचेतना मुलक कार्यक्रम गरि मनाइयो

सागर महत,सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा बिहिबार विश्व मलेरिया (औलो) दिवस सन्धिखर्कमा सचेतना मुलक कार्यक्रम गरि मनाइएको छ ।कार्यक्रममा बोल्दै अर्घाखाँची अस्पतालका एमडीजीपी विशेषज्ञ डा. अशोक कुमार शाहले ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलों रोगका लक्षण भएकाले यस रोगका समस्या भएकाले समयमा परिक्षण गरेको यो रोगबाट बच्न सकिने उहाँले बताउनुभयो।

लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’रोग अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/ ८० मा १ जनामा संक्रमण पुष्टि भएको डाक्टर शाहले बताउनुभयो ।यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधीउपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको बताउनुभयो ।

कार्यक्रम स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरिक्षक गणेशराज पौड्ेलको अध्यक्षता स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकको संचालनमा सम्पन्न भएको हो ।औलोबाट बच्नका लागि घर, गाउँ,समुुदाय सफा राखि लामखुट्टेले फुुल पार्ने ठाउँहरुलाई समाप्त पार्ने , लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता सन्देशहरु स्वास्थ्य कार्यालय चितवनले दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close