अर्घाखाँचीसहित देशभरको मौसममा परिवर्तन,चिसो बढ्यो

अर्घाखाँची ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अर्घाखाँचीसहित देशभरको मौसममा परिवर्तन आएको छ । यता अर्घाखाँचीमा गएराति परेको हल्का वर्षाले चिसो बढेको छ । अझै घाम लाग्न सकेको छैन ।यस्तै बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।चिसोको पीडा थपिँदा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बनेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close