आज हरितालिका तीज,पूजा आराधना गरी मनाइँदै

काठमाण्डौ । आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।विशेष गरि भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्।

सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ।यसै पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना व्यक्त गर्दै नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गर्नुभएको छ ।तिज पर्वका दिन अधिकामश ठाँउमा जमगठ भइ नाच्ने गाउँने गरिन्छ । यसपालि कोरोनाको जोखिम भएकाले धेरैले परिवारमा सिमीत रहि सामाजिक संजालमा नाच गान गर्ने गरेका छन ।तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close