प्युठानमा करेण्ट लागेर १ जनाको मृत्यु

अर्घाखाँची। प्युठानमा करेण्ट लागेर एकजना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ मा खेत जोत्ने क्रममा करेण्ट लागेर २८ वर्षिय सन्तोष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।

उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन्।उनी केही समय अघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। परियारका बुवा आमा दुई दाजुभाइ श्रीमति र एक छोरा छन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close