शितगंगामा पासोमा परेर घाइते भएको चितुवाको उद्वार

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पासोमा परेर घाइते अवस्थामा फेला परेको चितुवा लाई उद्वार गरिएको छ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरको गैरीखेतमा पासोमा परेर घाइते भएको पोथी चितुवालाई डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाक्रमी , स्थानीय बाट उद्वार गरिएको सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारी दिनुभयो ।
घाईते चितुवाको खुट्टामा चोट लागेको छ । चितुवा करिव ३५ केजीको रहेको छ ।अहिले डिभिजन वन कार्यालय अर्घाखाँचीको खोरमा राखेर उपचार भैरहेको छ । भने पासो कसले थापेको विषयमा थप अनुसन्धान समेत भएको पौडेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !