अर्घाखाँचीमा दोस्रो चरणको पहिलो दिनको खोप १ सय ९०लाई लगाईयो

अर्घाखाँची ।अर्घाखाँचीमा आजदेखी दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । स्थानीयतहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान, पत्रकारहरुलाई आजबाट कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान, पत्रकारहरु गरी कुल १ सय ९० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो । खोप लगाउनेमा १ सय २९ पुरुष ,६१ जना महिलाले खोप लगाएको सुचना अधिकारी बरालले जानकारी दिनुभयो ।

भोली मालारानी गाउँपालिका , पाणिनी गाउँपालिका ,छत्रदेव गाउँपालिका,स्थानीयतहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान, पत्रकारहरु लाई खोप लगाउने कार्यक्रम रहेको समेत बताईएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी, सार्वजनिक संस्थान, प्रहरी र पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप फागुन ६ गते सम्म लगाउने कार्यक्रम रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close