सरकारबाट आम चेली असुरक्षितःसचेतक भुसाल

सागर महत /अर्घाखाँची ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गर्नु केवल दिवा सपना मात्र भएको नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले बताउनुभएको छ ।प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले सबै जिल्ला प्रदर्शन र सभा गरेको कार्यक्रम अन्तर्गत भुसालले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्बोधन गदै यस्तो बताउनुभएको हो । निर्मला पन्त हत्या मा संगलग्न व्यक्तीको प्रमाण लाई नष्ट गर्दा समेत कार्वाही गर्न नसक्ने सरकारले भागरथी भट्टको हत्यारा आउँदा सम्म कार्वाही नगर्ने सरकारले आन्दोलन हुन्छ ।भनेर केवल आम जनता लाई भुलाउने काम मात्र भएको बताउनुभएको छ ।
अर्के तर्फ सरकार बाट आम नेपाली चेली असुरक्षित भएको समेत बताउनुभएको छ । भ्रष्टाचरीको मुख हेर्दिन भन्ने ओलीले भ्रष्टाचारी जोगाउन अख्तियारमा मुद्दा चलिरहेका व्यक्रिलाई समेत सफाई दिने गरेको भन्दै आरोप लगाउनुभएको छ ।
यता नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एवम् पुर्व राज्यमन्त्री रेवति प्रसाद भुसालले खर्चीले तरिकाले धेरै भन्दा कार्यकर्ता विरोध प्रदर्शन मा सहभागी गराउने लक्ष्यमा कांग्रेस नरहेको बताउनुभयो । पछिल्लो समय नेकपा राज्यको ढुकुटीबाट नेपाली नागरिकको टाउकोमा ऋणको भारी बोकाएको आरोप लगाउनुभएको हो ।
जिल्ला सभापति बिष्णु प्रसाद खनाल “मुस्कानले अहिलेको परिवेशमा कांग्रेस समुदाय स्तरमा गएर आगामी रणनिती लगायतका कार्यक्रम गदै आएको बताउदै अर्घाखाँचीमा त्यसको परिणाम राम्रो अपेक्षाका साथ आउने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !