आज सार्वजनिक गरिने भागरथीको बलात्कार तथा हत्याका अभियुक्त

काठमाडौं ।बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दैछ । उनी भागरथीका छिमेकीसमेत रहेका बताईएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो ।घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस !