भागरथी भट्टको हत्यामा संलग्न व्यक्ती सार्वजनिक

काठमाण्डौं ।
बैतडीकी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न १७ बर्षका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपीबारे जानकारी दिएको हो। ती किशोर भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो।
कमेन्ट गर्नुहोस !