नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाण्डौं ।नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोगमा आज जाने भएको छ ।प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित आज दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।

एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । विशेष गरि आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट
रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले पछिल्लो समय विभिन्न आन्दोलन का कार्यक्रम पनि सार्वजननिक गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close