अर्घाखाँचीको मालारानी गाउँपालिकामा १ सय १५ जना कांग्रेसमा प्रवेश

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा १ सय १५ जना कांग्रेसमा प्रवेश गरेका छन । गाउँपालिकाको वडा नम्बर ६ हंसपुर लौरीमा एक कार्यक्रम का बिच विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेका हुन ।प्रवेश कार्यक्रम मा बोल्दै कांग्रेस सभापती बिष्णु मुस्कानले जनतको हक हित भन्दा बाहिर रहेर नेकपाले लज्जाबोध जस्ता गतिविध गरेको र अबको आशा कांग्रेस भएकाले यसको साथ सहयोगमा जनता लागेको बताउनुभयो ।उक्त प्रवेश कार्यक्रममा नेकपा बाहेका का अन्य पाट्रीका कार्यकर्ता समेत प्रवेश गरेको मुस्कानले जानकारी दिनुभयो ।
प्रवेश गर्नेहरुमाहंसपुरका दामोदर अधिकारी, बल बहादुर परियार, जिवन बिक, कमल थापा, गोपाल जिसी, निमान सिंह लगायत १ सय१५ जना पार्टिमा प्रवेश गरेका हुन ।नव प्रवेशिलाई सभापति मुस्कान उप सभापति शान्ता भण्डारी , महासमिति सदस्य केशब श्रेष्ठ , संगठन बिभाग प्रमुख कृष्ण खनाल, जिल्ला सदस्य सीता भुसाल , कांग्रेस मालारानी संयोजक शोभाखर खनाल लगायतले सुभकामना दिनुभएको थियो ।कार्यक्रम वडा सभापती मेयर सिंह राउतको अध्यक्षता, सभापती बिष्णु मुस्कानको प्रमुख आतित्थया, कमल राउतको स्वागत मन्तव्य र बल बहादुर राउतको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !