आगामी चुनावमा मालारानी पनि कांग्रेसको सरकार बन्छः सभापति मुस्कान

सागर महत /अर्घाखाँची।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी आरुखोरमा १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।प्रवेश कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केद्रिय सदस्य रेवतीप्रसाद भुसालले प्रतिनिधी सभाको विघटन असंवैधानिक कदम भएको बताउनुभएको छ ।यसले आम जनमानसमा नकारात्म संन्देश दिएकोले यस विषयमा सरकार गम्भीर हुनु पर्नेमा जोड दिनुभयो ।

May be an image of 1 person, sitting, standing and outdoors

यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले अर्घाखाँची भर नै कांग्रेसको जनलहर छाएको बताउनुभएको छ ।विशेष गरि अर्घाखाँचीका ६ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तह प्रमुख वा उपप्रमुख मा कांग्रेस नेतृत्व सरकार रहेको तर मालारानी गाउँपालिका मा त्यसको नेतृत्व नभएको तर अहिले कांग्रेसको जनलहर छाएकाले मालारानी गाउँपालिका मा पनि त्यसको परिणाम आगामी चुनावमा राम्रो आउने बताउनुभएको हो ।

May be an image of 6 people and people standing

कार्यक्रममा रमेश बिश्वकर्मा ,तुल्सिराम भुसाल,बाबुराम अधिकारी सहित १७ जना प्रवेश गर्ने लाई केद्रिय सदस्य रेवतीप्रसाद भुसाल,सभापति विष्णु मुस्कानले टिका, माला लगाई स्वागत गर्नुभएको थियो ।कार्यक्रममा काग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी,क्षेत्रिय सभापति क्षेत्र नम्बर १ का सभापति केशव कुवँर ,तरुण दलका जिल्ला अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नाराण खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।

May be an image of one or more people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 6 people and people standing

कार्यक्रम नेपाली कांग्रेस मालारानी ५ का वडा सभापति मणिराम खनालको अध्यक्षता मालारानी ५ कांग्रेसका पुर्व सभापति झबिन्द्र खड्काको स्वागत मन्तव्य ,सचिव नाराण प्रसाद भुसालको संचालन मा कार्यक्रम सम्पन्न भएको हो ।हिजो मात्र मालारानी ६ मा १सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

May be an image of 2 people and people standing

May be an image of 9 people, including Krishna Pariyar, Narayan Khadka and Suraj Ghimire, people standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close