अर्घाखाँचीका चार स्थानीय तह कोरोना मुक्त

सबैको सन्देश\ सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीमा कुल कोरोना संक्रमित ३ सय २७ मध्ये ३ सय २२ जना कोरोना रोग जितेर घर फर्किएका छन् । जिल्लाभर तीन जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । हाल जिल्ला भर १०८ जना क्वारेन्टाइनमा बसेका छन ।जिल्लामा अब दुई जना मात्र कोरोना संक्रमित रहेका छन ।संक्रमित सन्धिखर्क नगरपालिका १ जना र शितगंगा नगरपालिका १ जना हुन ।हाल लाई जिल्लाका चार स्थानीयतह कोरोना मुक्त भएका छन । जसमा मालारानी गाउँपालिका,छत्रदेव गाउँपालिका,पाणिनी गाउँपालिका र भुमिकास्थान नगरपालिका रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !