सीमामा भारतीय एसएसबीको ज्याजती, जेकजाँच गर्न भन्दै नेपाली महिलालाई कुकुर छाडे

बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाका सुनौलीमा भारतीय सुरक्षाबल एसएसबीले ज्याजती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् ।भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गरेका हुन् ।

भारततर्फबाट नेपाल आउनका लागि नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि विरोधमा उत्रिएको उनीहरुले बताएका छन् ।भारततर्फ किनमेलका लागि आएका नेपालीलाई एसएसबीले सीमापारि जान दिएको थिएन । बुटवलबाट किनमेल गर्न आएकी मुना भण्डारीले चेकजाँचका लागि लाइनमा बस्ता एसएसबीका सुरक्षाकर्मीले आफूलाई अभद्र व्यवहार गर्दै उनीहरुको तालिम प्राप्त कुकुर छोडिदिएको गुनासो गरिन् ।

एसएसबीले ज्यादती गरेको यो पहिलोपटक भने हैन । सीमामा एसएसबीको ज्यादतीबारे यसअघि पनि कुरा उठ्दै आए पनि नेपाली सहेर बसेका थिए ।शनिबार महिलामाथि कुकुन नै छोडेपछि नेपालीहरुको धैर्यले जवाफ दिएको हो । उनीहरुले बेलहिया अगाडि रहेको ब्यारिकेटर झारेर अन्तराष्ट्रिय नाका ठप्प पारेका थिए ।यसअघि भारतकै व्यापारीहरुले एसएसबीको ज्यादती बढ्दै गएको विरोधमा दशगजामा एसएसबीविरुद्ध नै प्रदर्शन गरेका थिए । दशगजामै बसेका एसएसबीले नोपलबाट भारत जाने नेपालीलाई विभिन्न बहानामा दुख दिने गरेका छन् । समाचारपत्र

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close