प्रधानमन्त्री केपी ओलीका कदमका विरुद्ध जसपाको विरोध

अर्घाखाँची ।जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीका कदमका विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा विरोध कार्यक्र गरेको छ ।विरोधसभालाई पार्टीका केन्द्रिय सदस्य राजु नेपालीले सम्बोधन गर्नुभएको थियो ।सम्बोधन कार्यक्रम मा बोल्दै नेता नेपालीले सरकारले जनभावना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।
कार्यक्रममा पार्टीका प्रदेश सचिव टोपबहादुर बलाल, प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज नेत्र थापा मगर, प्रदेश सदस्य पुस्करनाथ आचार्य लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।जसपाले अर्घाखाँचीका अन्य पालिका मा पनि विरोध कार्यक्रम राख्ने सचिव जेबी दर्लामीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !