भारतीय सांसद मृत अवस्थामा फेला

भारतमा एक सांसद मृत अवस्थामा फेला परेका छन् । भारतको लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ ।उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।एजेन्सी ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close