ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै

काठमाण्डौं ।प्रधानमन्त्री तथा नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । मंगलबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।बालुवाटारमा बस्ने बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
विशेष गरि सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली मौन रहनु भएको छ ।तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !