चितवनको कार्यक्रमलाई सम्बोधन नगरि काठमाडौं फर्किए प्रचण्ड र नेपाल

काठमाण्डौं ।प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभालाई सम्बोधन गर्न चितवन गएका प्रचण्ड र नेपाल सभामा उपस्थितै नभई काठमाडौं फर्किनुभएको छ ।आजको विरोध कार्यक्रम लाई सम्बोधन गर्न उहाँहरु हिजो मंगलबार अपरान्ह भरतपुर आइपुग्नुभएको थियो । हिजो प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै राजनीतिक अवस्था फेरिएसँगै बुधबार अहिलेसम्म सभास्थलमा कार्यकर्ताको उपस्थिति सामान्य देखिएको छ। उक्त समूहको जिल्ला समितिले विजय सभालाई दुवै अध्यक्षले सम्बोधन गर्ने दाबी गरे पनि अन्तिम समयमा सभामा सहभागी नभई प्रचण्ड र नेपाल काठमाडौं फर्किनुभएको हो ।
भरतपुरमा बुधबार ११ बजेका लागि सभाको तयारी थियो। तर दुवै अध्यक्ष हिँडेपछि कार्यक्रम प्रभावित बनेको छ।यता जिल्ला समितिका अनुसार सभालाई पूर्व अर्थमन्त्री रहेका नेता सुरेन्द्र पाण्डेले सम्बोधन बताईएको छ ।
कमेन्ट गर्नुहोस !