भाइहरूले लड्डु खुवाइ–खुवाइ गरेःप्रधानमन्त्री के पाउँछन्, अब हेर्नुछ

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गर्नुभएको छ ।बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सूर्य उदाउँदाको खुसीमा पनि रातो नै भएर उदाउँछ र अस्ताउँदाको दुखमा पनि रातै भएर अस्ताउने भन्दै प्रधानमन्त्री ओलीले आफूलाई कुनै पश्चाताप नभएको संकेत गर्नुभयो ।सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरूले लड्डु खुवाइ–खुवाइ गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन्, अब हेर्नुछ ।’प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरूले भोलि–पर्सिदेखि राजीनामा माग्नेसमेत बताउनुभयो ।
कमेन्ट गर्नुहोस !