शान्ति माध्यमिक विद्यालयमा दौड प्रतियोगिता सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयमा दौड प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले शुक्रवारिय कार्यक्रम अन्तर्गत दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।  दौड प्रतियोगिता १०० मिटर र २०० मिटर गरि दुई ओटा समूहमा गराइएको थियो । जसमा १०० मिटर दौड छात्र तर्फ कक्षा १२ का सुदिप कुँवर प्रथम, कक्षा १० का साधारण धार तर्फका नरेश विक दिृतीय र कक्षा १० प्राविधिक धारतर्फका सुरज पाण्डे तृतिय हुनुभएको थियो । त्यस्तै १०० मिटर दौड छात्रा तर्फ कक्षा १० कि प्राविधिक धारतर्फकी कृपालु भुसाल प्रथम, कक्षा १० कि प्राविधिक धारतर्फकी भावना खत्री दिृतीय र कक्षा १० प्राविधिक धारतर्फकी बिपना केसी तृतिय हुनुभएको हो।
त्यस्तै २०० मीटर दौड छात्र तर्फ कक्षा ११ का सन्जु सुनार प्रथम, कक्षा १० साधारण धारतर्फका सागर खड्का दृतीय र कक्षा १० प्राविधिक धारतर्फका कपिल केसि तृतिय हुनुभएको हो, भने २०० मिटर दौड छात्रा तर्फ कक्षा १० प्राविधिक धारतर्फकि कृपालु भुसाल प्रथम, कक्षा ८ कि प्रबिना महत दृतीय र कक्षा ८ की करिस्मा विस्वकर्मा तृतिय भएको विद्यालयका प्राविधिक धारतर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायले जानाकारि दिनु भयो । प्रतीयोगीता विद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थि, तारा प्रसाद भुसाल, लगाएतको उपस्थितिमा गरिएको हो कार्यक्रमको संचालन शिक्षक बसन्त खड्काले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close