सन्धिखर्कमा जारी क्यारम बोर्ड प्रतियोगितामा प्रथम हुने लाई पुरस्कार बोका

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोग र प्रगतिबजार टोल सुधार समितिको आयोजनामा आज देखि क्यारम बोर्ड प्रतियोगिता सुरु भएको छ।उक्त खेलको सन्धिखर्क नगरपालिका वडा नं२ का अध्यक्ष तथा पुर्ब जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मोतिजंग रायमाझीले एक समारोहका बिच उदघाटन गर्नु भएको हो।
बिरलै आयोजना हुने सो खेलको उद्घाटन गर्दै रायमाझीले खेल आयोजना बाट युवाहरुमा स्वस्थ ,अनुसाशन र नियममा बाँधिन सहयोग पुग्ने बिचार व्यक्त गर्दै वडाको भौतिक बिकास मात्र होइन युबाहरुलाई सृजनात्मक काममा समेत सरिक गराउनु वडाको उदेश्य रहेको बताउनु भयो।सो खेलमा २० टिमले भाग लिएका छन ।आज केहि खेल भएको र फाइनल खेल भोली हुने आयोजक सस्थाका सदस्य सुरज आचार्यले जाकारी दिनुभयो । जसमा प्रथम पुस्कार बोका मेडल ,प्रमाण पत्र लगायत पुस्कारको व्यवस्थापन गरिएको बताईएको छ ।
तस्वीरः सबैको सन्देश
पुरस्कारका लागि राखिएको बोका
कमेन्ट गर्नुहोस !