भाषा,संस्कृतिको संरक्षणको निम्ति कार्यक्रम ल्याउन आवश्यक छःपुर्वसभामुख घर्ती

अर्घाखाँची ।अर्घाखााचीमा पनि ३९ औँ मगर संघ स्थापना दिवस भब्य रुपमा मनाइएको छ । जिल्लाको मालारानी गाउँपालिकाको हंसपुरमा मनाएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वसभामुख ओनसरी घर्तीे मगरले राजनीतिक आन्दोलनमा मगरहरुको ठूलो योगदान रहे पनि राज्यले उचित सम्बोधन गर्न नसकेको बताउनुभयो ।अर्के तर्फसमुदायको भाषा,संस्कृतिको संरक्षणको निम्ति तत्काल बिशेष कार्यक्रम ल्याउनु पर्नेमा जोडदिनुभयो ।
उहाँले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने मगर समुदायले गणतन्त्रको संस्थागत बिकासको निम्ति कुनै कसर बाँकी नराख्ने बताउँदै बिकास र समृद्धिको यात्रामा निरन्तर अगाडि बढ्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा शितगंगा नगरपालिकाका उपप्रमुख टिका रेश्मी , नेकपाकी नेता छमकुमारी खनाल ,लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलारबाट विविध सांस्कृतिक कार्यक्रम सहित मगर समुदायमा आधारित विभिन्न नाच पस्तुत गरिएको थियो ।
विशेष गरि मगर समुदायको पहिरन भोटो–कछाडसँगै निलो पटुकी , भाङ्ग्रा, शीरमा टोपी , मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो निलो पटुकी, गलामा पहेँलो हरियो पोते साथैमा कण्ठमाला मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी आदि पहिरनमाको भेषभुसामा अर्घाखाँचीका विभिन्न क्षेत्रमा छरिएका मगर समुदायका व्यक्तीहरुको बाक्लो उपस्थीत रहेको थियो ।कार्यक्रम नेत्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !