नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दैं

शक्ति महत/ सबैको सन्देश
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । नेपालमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।
उपत्यकामा मात्र लकडाउन खुलेपछि संक्रमित हुनेको संख्या एक हजार कटेको छ ।
किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । सरकारी तथ्याकंमा महोत्तरी, बारा विश्रामपुर र मोरङका मृतक समावेश गर्न बाँकी छ । सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित र मृतकको संख्या बढ्दैं जाँदा सबैले उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !