अर्घाखाँचीका रेडियोहरुले नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारणमा रोक

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँची जिल्ला मा रहेका सामुदायिक रेडियो र व्यवसायिक ८ वटा रेडियोले केन्द्र बाट प्रसारण गदै आएका नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारणमा रोक लगाएका छन् ।आज सन्धिखर्कमा बसेको रेडियो संचालनका प्रतिनिधीहरुले यस्तो निर्णय गरेको रेडियो देउरालीका ब्यवस्थापक रुद्रमणि भुसालले जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षमा केन्द्रमा रहेका विभिन्न रेडियो नेटवर्कहरुले मन्त्रालय, गैर सरकारी संस्था, उद्योगी, व्यापारी, संघ संस्थाहरुबाट रकम ल्याई स्थानीय रेडियोहरुसँग समन्वय र सहकार्य नगरेको भन्दै रेडियोहरुले यस्तो निर्णय गरेका हुन् । अर्को निर्णय नहुञ्जेल सम्मका लागि कुनै पनि नेटवर्कका समाचार सम्पे्रषण नगर्ने रेडियोहरुका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षर समझदारी पत्रमा उल्लेख छ । कुनै पनि रेडियोहरुबाट नेटवर्कका समाचार सम्प्रेषण गरेको पाईएमा कारवाहि गर्ने बताईएको छ ,भने विज्ञान ,सुचना समवेदनाको रेटमा पनि छलफल भएको छलफलमा सहभागी रेडियोका प्रतिनिधीले बताए पत्रकार बिष्णु खनालको सहयोगमा
कमेन्ट गर्नुहोस !