धान बालिमा मल राख्न अर्घाखाँचीका किसानलाई रासायनिक मलको अभाव

सबैको सन्देश /सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ ।कृषकले धान बालिमा झार पात गोडमेल गरेर मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका छन् भने मल नपाएमा उत्पादन पनि कमि हुने किसानले गुनासो राखेका छन ।
लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम मल आएकाले जिल्लाको बजारमा रासायनिक मलको अभाव रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभयो ।
हाल जिल्ला लाई करिव १ सय ५० मेट्रिक टन मल तत्कालको लागि आवश्यक भएता पनि मल नपाईएको मिश्रले बताउनु भयो,भने मल सहज रुपमा किसान लाई उपलब्ध गराउनको लागि विभिन्न कम्पनीहरु संग सहजिकरण भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close