अर्घाखाँचीमा टिप्परको ठक्कर बाट बालकको मृत्यु

सबैको सन्देश /सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्डमा टिप्परले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । गोरूसिंगेबाट नरपानि आउँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले विपरित दिसाबाट आउदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सन्धिखर्क नगरपालिका वडा नं.७ का ३ बर्षिय बालक अभिषेक थापाको  शितगंगा नगरपालिका–२ झोलुङ्गे पुल नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा घटना स्थलमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार साना दुई बच्चा सहित ४ जना रहेको र अन्य ३ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।यस बारे थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close