नेकपा एमाले पार्टी दर्ता

निर्वाचन आयोगमानेकपा एमाले नामको दल दर्ता भएको छ ।तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई वर्तमान सत्तारुढ दल नेकपा बनेसँगै एमाले पार्टीको अस्तित्व रहेको थिएन ।तर नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँबुझ गरेर दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभएको छ ।
दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले एमालेलाई दर्ता गरिदिएको हो ।आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ । केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने बताइएको छ ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता एकाएक तिवारीको नेतृत्वमा एमाले पार्टी दर्ता गर्न आयोगमा निवेदन पुगेपछि सनसनी मच्चिएको थियो ।
नेकपामा अध्यक्ष केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले दबाब दिइरहेका बेला एमाले दर्ताका लागि आयोग पुगेको थियो ।
दाहाल–नेपाल पक्षले एमाले नामको पार्टी दर्ताका लागि प्रधानमन्त्री ओलीको हात रहेको आरोप लगाइरहेका छन् । यही बीचमा आयोगले पनि दर्ता गरिदिने निर्णय गरेको छ ।असार १६ गतेको स्थायी कमिटी बैठकमा दाहाल–नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले ओलीकै निर्देशनमा एमाले दर्ताको षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।ओलीले भने अरु नेताको आरोपको ठाडै खण्डन गर्दै आउनुभएको छ । कतिपयले नेकपामा अल्पमतमा रहनु भएका ओलीमाथि कार्वाही भए अर्को पार्टी खोल्नका लागि नै एमाले दर्ता गराएको आरोप लगाउनु गरेका छन् ।२०७५ साल जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपनि एकता प्रक्रिया पूर्ण नहुँदै उक्त दल फुटको संघारमा पुगेको छ ।ईमेज खबर बाट
कमेन्ट गर्नुहोस !