अर्घाखाँचीमा ८३ बर्षिय बृद्व जङ्गलमा मृत फेला

सबैको सन्देश/ अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका मा एक बृद्व मृत अवस्थामा फेला परेका छन । नगरपालिकाको वडा नं .९सिलिङखोलाका ८३ बर्षिय वीर बहादुर रास्कोटी जङ्गलमा मृत अवस्थामा फेला परेका हुन । गत भाद्र २ गते दिउँसो गाई हेर्न जङ्गल गएका रास्कोटी घर नफर्केपछि घरपरिवार र गाउँलेले जङ्गलमा खोजीकार्य जारी राखेका थिए । खोजि कार्य राखेको १० दिनमा गाउँलेले जंगलमा मृत अवस्थामा शव फेलापारेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।मृतक घोप्टो परेको अवस्थामा भेटीएको सातमाराका प्रहरी प्रमुख सहि नहकुलदेव गिरीले जानकारी दिनुभयो ।सव सडिसकेको र पोष्टमाट्म गर्न नसकिने अवस्थामा रहेकाले मृतकका आफन्त र गाउँलेको रोहबरमा मुचुल्का गरि सबलाई अन्त्यष्टिका लागि आफन्तको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताउनु भयो। घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close