अति आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका अर्घाखाँची अस्पतालका सबै सेवा सुचारु हुने

सबैको सन्देश /सागर महत ,अर्घाखाँची ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि इमरर्जेन्सी र पसुति सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहेको अस्पताल खुल्ने भएको छ ।अर्घाखाँची अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार देखि इमरर्जेन्सी र पसुति सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहेको अर्घाखाँची अस्पताल भोली देखि सम्पुर्ण सेवा खुल्ने भएका छन । लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाव संकलन गरि पठाइएको डाक्टर र स्वास्थ्यक्रमीको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले सम्पुर्ण सेवा भोली देखी खुल्ने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
यस्तै आईतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएको थियो र सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close