सन्दीप सहभागी सीपीएल खेल जमैका तालवाज विजय

नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी रहेको क्यारेबियन प्रिमियर लिग सीपीएल टिम जमैका तालवाजले जित निकालेको छ ।बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २(२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।उज्यालोको सहयोगमा

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close