एकै दिन संक्रमित थपिनेको संख्यामा भारत सबैभन्दा अगाडी

भारतमा कोराना भाइरसको महामारी कमजोर बन्ने संकेत देखिएको छैन । भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार भारतमा ७८ हजार ७६१ जनामा संक्रमण पुष्टि भयो । यो संख्या भारतमा मात्रै नभएर विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यसअघि अमेरिकामा गएको जुलाई १९ मा ७७ हजार २९९ जनामा संक्रमण पुष्टि भएको थियो । भारतले आइतबार सो आँकडा पार गरेको हो ।

भारत सरकारले संक्रमण नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरु हटाउने क्रम जारी राखेका बेला संक्रमितको संख्याले नयाँ उचाई लिएको हो । विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ५१ लाख ३२ हजार भन्दा बढी पुगेको छ ।

अहिलेसम्म विश्वभर कोभिड–१९ बाट ८ लाख ४५ हजार भन्दा धेरैको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या ३५ लाख ४२ हजार भन्दा बढी रहेको छ । अहिलेसम्म भारतमा ६३ हजार पाँच सयको कोभिड–१९ बाट ज्यान गएको छ ।

-देशसंचारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close