मोर्हरम पर्व तामजामका साथ मनाउँदा अर्घाखाँचीमा संक्रमण फैलिने डर

सबैको सन्देश /अर्घाखाँची ।
प्रत्यक वर्ष मुस्लिम समुदायले बनाउदै आएको मोर्हरम पर्व अर्घाखाँचीमा कोरोनाको जोखिम भएता पनि युवाहरुको जमगठन बाट तामजाम का साथ मनाइएका छन । जिल्लाको छत्रदेव गाउँपालिकाको वडा नं. १र २ मा मुस्लिम युवाले बाजा गाजा सहित तरवार तथा लठ्ठी प्रदर्शन गर्दै आफ्नो कला प्रस्तुत गरेका हुन ।
कोरोनाको कहरमा पनि सामाजिक दुरि कायमनै नगरी आफू असुरक्षित भइ माक्स नलगाइकन आम मान्छे भेला गरेर एकै ठाउँ मोर्हरम चाड पर्व मनाएका हुन ।यो चाड मनाउनको लागि बाहिरी जिल्ला का नागरिक पनि आएको बताइएको छ ।
अर्घाखाँची जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमण अवस्थामा लाई स्थानीय सरकार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भने मुकदर्शक बनेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।
कमेन्ट गर्नुहोस !