नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई हरायो

एजेन्सी ।
नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई हराएको छ । शनिबार समूह जेको खेलमा फ्रान्सले स्विडेनलाई १-० ले हराएको हो । फ्रान्सका जितमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा विजयी गोल गरे ।
पेरिस सेन्ट जर्मेन ९पीएसजी०का २१ बर्षिया फरवार्डले तीन डिफेन्डरलाई बिट गर्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए । सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्यो । उसले क्रोएसियालाई ४–१ ले हरायो ।
साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलो, उल्भ्सका मिडफिल्डर डिओगो जोटा र एटलेटिको मड्रिडका जोआओ फेलिक्सले गोल गर्दै ३–० ले अघि बढाका थिए ।
दोस्रो हाफका ईन्जुरी समयमा स्विडेनका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए ।
समूह जेमा फ्रान्स र पोर्चुगलले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।
कमेन्ट गर्नुहोस !