कोरोना संक्रमणबाट दुई पुरुषको मृत्यु

कोरोनाबाट नेपालगन्ज र विराटनगरमा थप एक–एक जनाको मृत्यु भएको छ । नेपालगन्जमा ५९ वर्षीय र विराटनगरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको हो । यही भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जकै न्यू इन्द्रेणी होटलमा बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १८ गते नेपालगन्ज मेडिकल कलेज ल्याइएको थियो ।
त्यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको बिहान ३ः१५ बजेतिर मृत्यु भएको छ । भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई १० दिनसम्म होम आइसोलेसनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो।
कमेन्ट गर्नुहोस !