अर्घाखाँचीको बन्दाबन्दी खुकुलो हुने

शोभाखर पन्थी/अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको लकडाउन केही खुकुलो भएको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले लकडाउन केही खुकुलो बनाउने गरि अर्को सुचना प्रकाशन नभए सम्मको लागि लगडाउन गर्ने निर्णय गरेको छ ।
बैठकले उचित सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरी
बैङ्क, वित्तीय संस्था, विमा कम्पनि तथा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरू,सार्वजनिक सेवा प्रवाह गर्ने अन्य सबै कार्यालहरू
,उद्योग, व्यापाररव्यवसाय, डिपार्टमेन्टल स्टोर, होटल तथा रेष्‍टुरेन्टमा हुने प्याकिङ्ग तथा टेकअवे सेवा , एम्बुलेन्स, दमकल, शव(बाहन, सुरक्षाकर्मी, इन्धन, ग्याँस, अत्यावश्यक खाद्य पदार्थ, कृषिजन्य पदार्थ, पशुजन्य पदार्थ, स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मी बोकेका सवारी साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्‍त अति जरूरी सवारी साधन ,सबै प्रकारका विकास निर्माणका कार्यहरू र विकास निर्माणका सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु संचालन गर्न दिने निर्णय गरेको छ।
यसैगरी बैठकले शैक्षिक संस्था एवं तालिम केन्द्रहरू , सबै प्रकारका सभा गोष्‍ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरंजन स्थल , जिम हल, सैलुन तथा ब्युटी पार्लर संचालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भयो ।
बैठकले समुहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुती , सार्वजनिक स्थलमा गरिने सबै प्रकारका धार्मिक तथा सामाजिक पर्व, मेला, जात्रा र महोत्सवहरू ,
सवारी पास नचाहिने र सवारी पास बोकेका वाहेक अन्य सबै प्रकारका सवारी साधनहरू, प्याकेजिङ्ग र टेकअवे वाहेक होटल तथा रेष्‍टुरेन्टबाट प्रवाह हुने अन्य सेवाहरु लाई समेत निषेध गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले अरु जिल्ला,भारत लगायत तेस्रो मुलुकबाट यस जिल्लामा आउने व्यक्तिहरू ९एऋच् च्भउयचत ल्भनबतष्खभ नभएका० लाई सम्बन्धित स्थानीय तहको समन्वयमा अनिवार्य रूपमा क्वारेन्टिनमा राख्नुपर्ने ,
,उद्योग र निर्माण कार्यमा संलग्न कामदारहरू उद्योग परिसर तथा निर्माणस्थलमै सुरक्षा तथा स्वास्थ्य मापदण्ड पुरा हुने गरी क्वारेन्टिनमा बस्नुपर्ने ,
सवारी पास नभएका व्यक्तिहरूलाई जिल्ला प्रवेशमा निषेध गर्ने ,अत्यावश्यक सेवाका साधनहरू र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरूमा चालक र सहचालक वाहेक अन्य यात्रु राख्‍न नपाईने, एम्बुलेन्समा विरामी र १ जना कुरूवा मात्र रहने, सामाजिक परम्परा अनुसार हुने जन्म, विवाह, मृत्यु जस्ता संस्कारमा २५ जना भन्दा बढी जमघट हुन नपाईने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो । यो निर्णय २४ गते रातिदेखि लागुहुने उहाँको भनाइ छ ।
बैठकमा मन्तव्य राख्दै राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले कोभिड १९ का कारण विश्व मानव समुदाय नै निक्कै आतंकित र त्रसित भएको बताउँदै आबस्यक स्वास्थ्य मापदण्ड पुरागरी अनुशासनमा रहेर दैनिक गतिविधि संचालन गर्न जिल्लाबासी लाई आग्रह गर्नु भयो । उहाँले सरकारको निर्देशन र स्वास्थ्यकर्मीको आग्रह लाई बेवास्ता गरिएमा पछि पछुताउनु पर्ने भन्दै नआत्तिई धैर्यताका साथ दैनिकी चलाउन आग्रह गर्नुभयो ।
प्रदेश सभाका सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले कोभिड १९ को बहाना बाजि बनाएर बिकास निर्माणको काम रोक्न नहुने भन्दै अगिल्लो बर्षको धेरै बिकास बजेट फ्रिज गएको भन्दै दुखेसो पोख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा सामाजिक दुरि कायम गरि सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी,सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बि।क।, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा,मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम , छत्रदेब गाउँ पालिकाका उपप्रमुख तुल्सादेवी श्रेष्ठ ,
यसैगरी नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य पिताम्बर भुसाल ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान ,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के।सी।,समाजवादी जनता पार्टीका प्रतिनिधि जिन्दक खड्का ,साझा पार्टीका नेता हरि प्रसाद भुसाल ,परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल ,प्रहरी नायब उपरीक्षक माधव बुढाथोकी ,अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा।कपिल गौतम , जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि राजाराम आचार्य, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ ,उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ ,चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष कुसल भुसाल , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।

यो भिडियो पनि हेर्नुहोला

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close