अर्घाखाँचीमा विपि जयन्तीको अवसरमा कैदीलाई फलफुल बितरण

प्रेमनारायण आचार्य /अर्घाखाँची ।
नेपाली कांग्रेस महामानब बि.पि.कोइरालाको १०७ औं जन्म जयन्तीको अबसरमा जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई फलफुल बितरण गरेको छ । नेपाली कांग्रेस संगठन विभागको आयोजनामा भएको कार्यक्रममा कारागारमा रहेका ६० जना कैदी बन्दीलाई फलफुल बितरण गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान)ले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, जिल्ला उप सभापति शान्त भण्डारी, नेपाल महिला संघकी जिल्ला सचिव छमा कार्की लगायतको उपस्थिति रहेको थियो । कायक्रम संगठन विभागका संयोजक कृष्णप्रसाद खनालको अध्यक्षता र कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न्न भएको हो ।
कमेन्ट गर्नुहोस !