गुल्मीमा जीप दुर्घटना ३को मृत्यु,६ घाइते

गुल्मी ।गुल्मीमा जीप दुर्घटना भएको छ ।जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज साँझ तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ ठूलो पधेरा भन्ने ठाउँमा दुर्घटना भएको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डे जानकारी दिनुभयो ।
डिएसपी पाण्डे का अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको हो ।दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको छ।
जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाम फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !