हाँस्नुको फाइदै-फाइदा

एक अध्ययनमा हाँसोले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्ने निष्कर्ष निकालिएको छ । हाँसोले हाम्रो शरीरलाई आराम दिने तनाव हटाउन सहयोग पुर्याउँछ ।

तनावले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छ । तर हाँसोले भने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हाँसोले तनाव हर्मोनलाई घटाउने काम गर्छ । हाँस्दा वृद्धवृद्धालाई अल्जाइमर रोग लाग्न नपाउने अनुसन्धानको निष्कर्ष छ ।

इन्डोर्फिन नामक हर्मोन वृद्धि हुने भएकाले यसले पीडा पनि कम गर्छ । रक्तनलीमा सुधार गर्ने भएकाले हृदयघात हुने सम्भावना पनि कम हुने चिकित्सकको भनाइ छ । तौल घटाउन पनि हाँसोले सहयोग गर्छ । दैनिक १५ मिनेटसम्म हाँस्दा ४० क्यालोरी खर्च हुन्छ । यसले तौल नियन्त्रण हुने अनुसन्धानको निष्कर्ष छ ।

हाँसोले मानिसलाई सकरात्मक प्रक्रियामा लैजान सहयोग गर्छ । नर्वेमा गरिएको एक अध्ययनले हाँसोको भावना हुने मानिस नहाँस्ने व्यक्ति भन्दा बढी बाँच्ने र त्यस्ता व्यक्तिको बौद्धिकस्तर पनि बढी हुने देखाएको छ ।

कसरी हाँस्ने त 

हाँस्नका लागि व्यक्तिका स्वभाव, रुची, वातावरण र संगतले पनि अर्थ राख्छ । तर स्वामी विकासानन्दले हाँस्नका लागि जुनसुकै विधि अप्नाउन सकिने सुझाव दिन्छन् । उनले हाँस्नका लागि सबैभन्दा राम्रो विधि विभिन्न प्रकारका जोक भएको बताए । घरका हरेक सदस्यले दैनिक एक जोक भनेर आफु पनि हाँस्ने र अरुलाई पनि हँसाउन सक्ने उनको भनाइ छ ।

पछिल्लो समय लाफ्टर योगाको माध्यमबाट पनि हाँस्न सकिन्छ । त्यसका लागि भने समूह आवश्यक पर्छ । समूहमा एकसाथ हाँस्ने गर्ना पनि शरीरलाई राम्रो गर्न । एक महिनामा लाफ्टर योगाले मानिसलाई हँसाउन सहयोग गर्छ ।

हामीले अप्नाउने दैनिक क्रियाकलापमा पनि हाँस्ने बानीको बिकास गर्नुपर्छ । पछिल्लो समय कमेडी फिल्म र सिरियलले पनि मानिसलाई हँसाउन मद्दत गर्छन् । हप्तामा एक पटक भए पनि कमेडी छोटा र लामा खालका चलचित्र हेर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close