गुल्मी अस्पतालले गर्यो जटिल शल्यक्रिया

अस्पतालले नियमित रुपमा प्रसूति सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया गर्दे आइरहेको छ

पुष्कर घिमिरे,गुल्मी ।

कोभिड १९ को महामारीले विश्वनै तहसनहस भई थुप्रै अस्पताल तथा स्वास्थ्य संस्थाका सेवा प्रभावित भैरहदाँ पश्चिम नेपालको गुल्मी अस्पतालले जटिल शल्यक्रिया गरेको छ ।

अस्पतालका प्रमुख डा. उत्तम पच्याले चुनौतिपूर्ण अपरेशन सफलतापूर्वक गरिएको जानकारी फेसबुक स्टाटस मार्फत दिएका छन् । कार्यालय प्रमुख पच्याका अनुसार यूवतिको अण्डादानीको ठूलो ट्युमर जसको आकार २० सेमी * १० सेमी र तौल करीब १ केजी रहेको छ । डा.पच्याको नेतृत्वमा डा. शुष्मा थपलिया,ऐनेस्थेसिया असिस्टेण्ट सुनिता तामाड्ड, स्टाफ नर्सहरु रश्मी राना, रेखा बस्नेत लगायतको टीमले उक्त शल्यक्रिया गरेको हो ।

गुल्मी अस्पतालले नियमित रुपमा प्रसूति सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया गर्दे आइरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close