प्रचण्ड र नेपालले एमसीसी परिमार्जन गरेर पासगरियो भन्नु नै झुट होः रायमाझी

अर्घाखाँची ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको बताउनुभएको छ ।
प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा राखेको पत्रकार सम्मेलनमा रायमाझीले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसीको विषयमा आम कार्यकर्तालाई लडाएर परिमार्जन गरेर एमसीसी पास गरियो भन्नु नै गठबन्धन टुटछ कि भनेर प्रचण्ड र माधवको केवल डिजाइन मात्र भएको आरोप लगाउनुभएको छ । यस्तै सभामुख अग्नी सापकोटाले जनभावना भन्दा बाहिर गएर काम गरेको बताउनुभएको छ ।आफुहरु अहिले कानुनी रुपमा सांसद नभएको बताउदै सभामुखले आफ्नो पार्टी केन्दीत काम गरेको आरोप समेत लगाउनुभएको हो ।

यस्तै प्रदेश सांसद चेतनाराण आचार्यले अहिलेको सरकारले अधिकामश प्रदेश स्तरका योजना कटौती गरेको बताउनुभएको थियो ।कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका (उज्वल) प्रदेश सांसद रामजी प्रसाद घिमिरे,जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको सहभागीता रहेको कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्ष कोषाअध्यक्ष करिष्मा खनालको स्वागत मन्तव्य सचिव सिद्वार्थ केसीको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close