कविता- अध्याँरो

-डा. किरण नकर्मी
रातलाई किन दिन बनायौ
गलत यो चलन बसायौ
हामीलाई शोक दिई
जनतालाई हर्ष दिलायौ।
अन्धकारमै सलबलाउँथ्यौं
खानपिन गरी रमाउँथ्यौं।
निशाचरलाई उज्यालोको
गोलीले घाइते बनायौ।
खासखुस चल्थ्यो अँध्यारोमा
मिटिङ र सेटिङ चलाउँथ्यौं
अँध्यारोमै अभ्यस्त आँखालाई
किन तिरिमिरी बनायौ?
कमेन्ट गर्नुहोस !