सिन्धुपाल्चोकमा भिषण पहिरो: १२ घर बगे, कम्तीमा २३ बेपत्ता


सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
लगातारको वर्षापछि आइतबार बिहान गएको पहिरोले घरहरु पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पहिरोको जानकारी आएको तर क्षतिको विवरण भने नआएको बताए।
घटनास्थलमा सुरक्षा टोली पुगेको प्रहरीले जनाएको छ।
यसअघि सिन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन्।
फोटो: बजिर भण्डारी ।
कमेन्ट गर्नुहोस !