घुम्थाङ पहिरोमा बेपत्ता २० जनाको पहिचान (नामावली सहित)

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको पहिरोमा बेपत्ता २० जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार भीरखर्कका तीन जना, नागपुजेका १६ जना र नेवार टोलका १ जना बेपत्ताको समेतको पहिचान खुलेको छ ।
वेपत्ता हुनेमा ४८ वर्षीय रामबहादुर नेवार, १८ वर्षीया दिलमाया श्रेष्ठ, ३७ वर्षीया रिता श्रेष्ठ, ५ वर्षीय दानियाल श्रेष्ठ, ४ वर्षीय नदान श्रेष्ठ, २५ वर्षीय अमृत श्रेष्ठ, २५ वर्षीया मनिता श्रेष्ठ, ३० वर्षीया रविना श्रेष्ठ, ८ वर्षीय रियाशु श्रेष्ठ (शिवभक्ति) छन्। ६० वर्षीया पदमकुमारी श्रेष्ठ, ४२ वर्षीय रामकुमार श्रेष्ठ, ५१ वर्षीय लालबहादुर श्रेष्ठ, ५० वर्षीया बुद्धलक्ष्मी श्रेष्ठ, ११ वर्षीया लक्ष्मी श्रेष्ठ, २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक, १० वर्षीया रुपा बिक, ४३ वर्षीया शिबबहादुर नेवार र दुई वर्षीय एक बालक छन्। एक महिलाको नाम खुल्न सकेको छैन। पहिरोमा बेपत्ता हुनेको उद्धार कार्य जारी रहेको छ ।
फोटोः बजिर भण्डारी
कमेन्ट गर्नुहोस !